मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
बाग्लुङ - बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढी, पहिरोमा परेर एक जनाको ज्यान गएको छ, १० जना बेपत्ता भएका छन् ।
ढोरपाटनको भुदीखोलामा गएराति आएको बाढीले खोला किनारका कयौँ घर बगाउँदा आठ जना पुरुष र दुई जना महिलासहित १० जना बेपत्ता भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो ।
एक जनाको शव भेटिएको छ । बाढीले भुदीखोला जलविद्युत र एउटा गाडी पनि बगाएको छ । अहिले खोजी र उद्धारको लागि प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा जाँदैछ ।
ढोरपाटनको वडा नम्बर ६, ७, ८ र ९ मा गएराति धेरैबेरसम्म मुसलधारे पानी परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।