मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - उपत्यकामा केही खुकुलो गरी पुनः एक हप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ ।
तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी भएकाे हाे ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल-व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने गाडी दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । नगरपालिका फोरमले सबैभन्दा बढी असन्तुष्टि यही बुँदामा रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
‘यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल-व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ फाेरमद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल-व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ’ विज्ञप्तिमा भनिएकाे छ ।
मध्यपुर थिमिका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा रहनुभएको र उहाँसँग भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिनुभयो ।
अत्यावश्यक बाहेकका सेवा-प्रवाह भदौ २४ सम्म बन्द
मेयर श्रेष्ठले काठमाण्डौ उपत्यकामा कोभिड-१९ को संक्रमण तथा मृत्युदर समेत तीव्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाण्डौको ठहर रहेको पनि जानकारी दिनुभयो ।
‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका पालिकाबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा-प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Vinod neupane
Sept. 3, 2020, 1:44 p.m.नमस्कार ! मेरो मोवाइल पसल खोल्न मिल्छ कि नाइँ ? पसल बन्दले गर्दा बेच्न नै पाइएन ...बाटो मै छ पसल ...खोल्न मिल्छ कि ?