मच्छिन्द्रनाथकाे रथ तान्ने प्रयास गरेपछि झडप, प्रहरीद्वारा अश्रृग्यास प्रहार

 भदौ १८, २०७७ बिहीबार १४:१०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि ललितपुरको पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । 

रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले त्यसको विरोध गरेका थिए । युवाहरुलाई हटाउन प्रहरीले पानीको फोहोरा हान्न थालेपछि युवाहरुले ढुङ्गामुढा गरेका छन् । 

युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको छ । 

कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् । 

चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । 

त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम नभएकाले सुरु हुन सकेको छैन । 

रातो मछिन्द्रनाथका ज्योतिष कृतिमदन जोशीले स्थानीयले बारम्बार गरेको अनुरोधलाई प्रशासनले बेवास्ता गरेका कारण पुल्चोकमा तनाव सिर्जना भएको बताउनुभएको छ । 

युवाहरु रथ तान्न निस्किएपछि अहिले ललितपुर महानगरपालिकामा सरोकारवालाहरुको आपत्कालीन बैठक बसिरहेको छ । जसरी पनि रथ तान्नै पर्ने भएकोले त्यसको व्यवस्थापन स्थानीय प्रशासनले नगरेमा समस्या आउने ज्योतिष कृतिमदन जोशीले बताउनुभयो । उहाँले रथको प्राविधिक पक्ष जाँचको काम नै नभएकोले अहिलेलाई रोकेर तत्कालै व्यवस्थित रुपमा तान्ने व्यवस्था प्रशासनले गर्नुपर्ने बताउनुभयो । 

तस्बिर : रासस

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Anil Panthi

    Sept. 3, 2020, 4:19 p.m.

    rare

  •  0 Reply

तपाईको प्रतिक्रिया