मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
ललितपुर – रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय गरेपछि मात्र तानिने भएको छ ।
बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्ने भएको हो । स्थानीय युवाहरुले निषेधाज्ञा तोडेर रथ तान्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि रोकिएको रथ जात्रा सुरु नभएपछि केन्द्रीय गुठी संस्थान र ललितपुर महानगरभित्रका नेवार समुदायका १९ जातीय खलःपुचको बैठक बसेको थियो । ज्यापु समाजका युवा तथा श्रम विभाग प्रमुख किरण डङ्गोलले गुठी संस्थान र ललितपुर महानगरभित्रका १९ जातीय खलःपुचको बैठक बसिरहेको र तिनको निर्णयअनुसार नै रथ जात्रा तानिने बताउनुभयो । रथ तान्ने जात्रा देशभरका सबै नेवार जातिको भएकाले यसलाई कुनै पनि व्यक्ति र समूहप्रति लक्षित गरेर विवाद गर्न नहुने उहाँले बताउनुभयो ।
कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको रथ तान्नका लागि बिहीबार भेला भएका युवाहरुलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा तोड्दैस्थानीय युवाहरु रथ विराजमान गराइएको स्थान पुल्चोकमा भेला भएका थिए ।
युवाहरुले रथ विराजमान गराइएको ठाउँबाट तानेर सडकको बीचमा पुर्याएको देखिन्छ । त्यही रथ तान्न पुगेका भिडलाई हटाउन प्रहरीले आग्रह युवाहरुले प्रतिकार गरेका थिए । जसका कारण प्रहरी र युवाहरुबीच झडम नै हुन पुग्यो । युवाहरुले नाराबाजी गर्दै प्रहरीलाई ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहोरासँगै केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
झडपमा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।