छोटो विधिबाट मच्छिन्द्रनाथको जात्रा मनाउने सहमति, ललितपुर चक्रपथ क्षेत्रभित्र कर्फ्यु

 भदौ १९, २०७७ शुक्रबार ६:६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकमा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार आज १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने सहमति भएको जानकारी दिनुभयो ।

शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

बिहीबार केही युवाले रथ तान्न थालेपछि पुल्चोकमा झडप भएको थियो । झडपका क्रममा ललितपुरको पाटन क्षेत्र दिनभर अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुरको चक्रपथभित्र कर्फ्यु जारी गरेको छ । 

कर्फ्यु शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म लाग्नेछ । जिल्ला प्रशासन कार्यालय ललितपुरबाट जारी विज्ञप्तिअनुसार कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र भेला, जुलुस, आवतजावत गरेमा कानुनी कारबाही गरिने भनिएको छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया