रुसले बनाएको कोरोना खोप एन्टिबडी बनाउन सक्षम : अध्ययन

 भदौ १९, २०७७ शुक्रबार २१:३:२६ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – रुसले विकसित गरेको कोभिड–१९ खोप ‘स्पुतनिक भी’ सुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी भएको पाइएको छ । 

शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको हो । यो जानकारी मेडिकल जर्नल ‘ल्यान्सेट’ मा प्रकाशित एक अध्ययनमा दिइएको हो । 

तर विशेषज्ञहरुले भने खोप सुरक्षित र प्रभावशाली भएको साबित गर्न निकै कम सङ्ख्यामा खोपको परीक्षण गरिएको बताएका छन् । 

रुसले गएको महिना कोरोना भाइरसको खोप विकसित गर्ने घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिलो खोप बनाएको घोषणा गर्दै आफ्नो छोरीले पनि त्यो खोप लगाएको बताउनुभएको थियो । 

रुसको यो खोपलाई लिएर पश्चिमी देशका वैज्ञानिकहरुले खोप सुरक्षित रहेकोमा आशङ्का व्यक्त गर्दै आइरहेका छन् । उनीहरुले खोपलाई लिएर यति चाँडै अघि बढ्नु खतरनाक हुने बताएका थिए ।  

ल्यान्सेटको अध्ययनअनुसार रुसी शोधकर्ताहरुले दुई छोटो परीक्षण गरेका थिए, प्रत्येक परीक्षणमा १६ देखि ६० वर्षका ३८ स्वस्थ व्यक्तिलाई सहभागी गराइएको थियो । उनीहरुलाई दुई हिस्सामा खोप दिइएको थियो । 

प्रत्येक सहभागीलाई पहिलो हिस्सामा खोपको एक खेप दिइएको थियो र त्यसको २१ दिनपछि दोस्रो खेप दिइएको थियाे । उनीहरुमाथि ४२ दिनसम्म निगरानी गरिएको थियो । तीन हप्तामै उनीहरुको शरीरमा एन्टिबडी विकसित भएको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया