मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - आज मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । सार्क महासन्धी २००२ लाई विक्रम सम्बत् २०६३ साल भदौ २० गते प्रतिनिधि सभाले अनुमोदन गरेको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।
यसपटक सरकारले 'मानव बेचबिखन तथा ओसारपसारको अन्त्य, सुसंस्कृत सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तव्य' भन्ने नाराका साथ याे दिवस मनाउँदैछ । दिवसको अवसरमा शुभकामना दिँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले नेपालले कानुनी रुपमा मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा व्याख्या गरेको भन्दै यसको अन्त्यमा सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
उहाँले मानव बेचबिखन र ओसारपसार व्यक्ति, परिवार, समुदाय र देशभित्रको मात्रै नभई विश्वव्यापी समस्या भएको बताउनुभएको छ । गरिबी र अशिक्षाको फाइदा उठाएर मानव बेचबिखन भइरहेको भन्दै मन्त्री गुरुङले यसको रोकथामको लागि शिक्षामा लगानी गर्नुपर्ने पनि बताउनुभयो ।
कोरोना महामारीकै बीचमा बेचबिखनका क्रममा भारत पुर्याइएका २१ जना महिलाको उद्धार भएको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।