‘निजी ल्याबको रिपोर्ट सरकारलाई मान्य हुने, बीमा कम्पनीलाई किन नहुने ?’

 भदौ २०, २०७७ शनिबार ७:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाले दिएको पीसीआर रिपोर्टलाई पूर्ण मान्यता दिइएकाले अरुले पनि यसैलाई आधिकारिक मान्नुपर्ने बताएको छ ।

निजी प्रयोगशालामा पीसीआर जाँच भएका रिपोर्टलाई मान्यता नदिने बीमा कम्पनी र बीमा समितिले निर्णय गरिसकेका छन् । तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले भने निजी प्रयोगशाला सरकारकै मापदण्ड अनुसार चलेका र उनीहरुको रिपोर्टकै आधारमा कोरोना सङ्क्रमित पहिचान हुने र उपचार गर्ने क्रम चलिरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयले प्रमाणित गरेका रिपोर्टलाई निजी या व्यापारिक स्वार्थको लागि शंका गर्नु आपत्तिजनक कुरा भएको पनि बताउनुभयो । निजी प्रयोगशालाको पीसीआर रिपोर्ट सरकारलाई मान्य हुने तर बीमा कम्पनीलाई किन मान्य नहुने भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

कोरोना बीमाको नाममा बीमा कम्पनीले १२ लाख भन्दा धेरै व्यक्तिबाट झण्डै ७५ करोड रुपैयाँ उठाइसकेका छन् । उनीहरुले बीमा दावीको रकम दिन पनि आनाकानी गरेका छन् । एक हजार चार सय ६७ जनाले बीमा भुक्तानी माग गरेकोमा जम्मा दुई सय ३९ जनाले मात्रै भुक्तानी पाएका छन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया