साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर दल्न विज्ञकाे सुझाव

 भदौ २०, २०७७ शनिबार १८:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  विज्ञहरुले साबुनपानी उपलब्ध नभएको ठाउँमा मात्र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको रासायनिक तत्वलाई बिथोल्न मनतातो पानी र साबुन जति प्रभावकारी केही नभएको भन्दै विज्ञहरुले उपलब्ध र संभव भएसम्म साबुनपानीले २० सेकेण्ड हात धुनु नै बुद्धिमानी हुने बताएका हुन् । 

अमेरिकाको नर्थइस्टर्न युनिभर्सिटीका सह-प्राध्यापक थोमस गिलभर्टले कोरोना भाइरसको रासायनिक तत्व बिथोलेर निस्क्रिय बनाउनका लागि सबैभन्दा उत्तम वस्तु साबुनपानी नै भएको बताउनुभयो । 

तर पानी एक्लैले भने भाइरसलाई निस्क्रिय बनाउन नसक्ने भन्दै गिलभर्टले साबुनपानीले २० सेकेण्ड हात धुनु भाइरस निस्क्रिय पार्न पर्याप्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ । 

स्यानिटाइजर साबुनपानी नभएको अवस्थाका लागि मात्र भएको र यसले कतिपयको छालामा समस्यासमेत ल्याउन सक्ने भन्दै विज्ञहरुले साबुनपानीलाई नै रोज्न आग्रह गरेका छन् । 

यस्तै पछिल्लो समयमा सजिलोका लागि ह्याण्डवासको प्रयोग गर्ने क्रम बढेको भन्दै विज्ञहरुले त्यस्ता एण्टिभाइरलले भविष्यमा अरु समस्या देखिने जोखिम रहेको बताएका छन् । 

हात धुनको लागि पिउनको जत्तिकै गुणस्तरको पानी नभए पनि हुने तर भाइरसलाई निस्तेज पार्न हात धुनु उत्तम हुने बेलायतको युनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले बताउनुभयो । 

दिनमा कति पटक हात धुने भन्ने कुरा उसको काम तथा व्यवहारमा भर पर्ने उनीहरुको भनाइ छ । यदि घरमै बस्ने मानिस हो भने शौचालय गएपछि, खाना पकाउनु अघि वा खानु अघि मात्र हात धुँदा हुने तर घरबाहिर निस्किएको छ भने सकेसम्म हात नधोइ अनुहार छुन नहुने प्राध्यापक मिकएलिसले बताउनुभयो ।


 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया