मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङ्मती लैजाने साइत जुरेको छ ।
आज बिहान मंगलबजारको मणिमण्डप पाटीमा मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङ्मती फिर्ता लैजाने साइत निकालेका हुन् ।
भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत जुरेको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले उज्यालोलाई बताउनु भयो ।
कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउँने सहमतिअनुसार आज साइत हेरिएको हो ।
हिजो रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो भने आज ललितपुरका स्थानीयबासीले जात्राको परम्पराअनुसार भुज्या मनाइरहेका छन् ।
२९ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ भने त्यसको चौथो दिनमा असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।