प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र कार्यस्थल पुग्नुपर्ने, अटेरी गरे कारबाही

 भदौ २२, २०७७ सोमबार १३:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्न निर्देशन दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।

निर्देशन अटेर गरेर तीन दिन भित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कारबाही गर्ने मन्त्रालयले चेतावनी दिनुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया