'स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्छाैँ, व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ'

 भदौ २४, २०७७ बुधबार १७:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अटोमेकानिक्स व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण र काठमाण्डौ उपत्यकामा पनि सङ्क्रमण फैलिरहेको अवस्थामा जोखिम कम गर्न भन्दै सरकारले निषेधाज्ञा जारी गरेकाले लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेकाे उनीहरुले बताएका छन् । त्यसैले अब सुरक्षाका मापदण्ड अपनाएर काम गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

अटो वर्कशपहरु पनि असुरक्षित नै देखिएको हुनाले सरकारले निषेधाज्ञा जारी गर्नुभन्दा पहिले नै व्यवसाय बन्द गरिएको नेपाल अटोमेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले बताउनुभयो । तर लामो समयसम्म व्यवसाय बन्द हुँदा देशभरिका १० हजार आटोमेकानिक्स व्यवसायी उनीहरुसँग आश्रित ८० हजार मजदुरलाई समस्या भइरहेको उहाँको भनाइ छ । 

उहाँले निषेधाज्ञाको समयमा पनि सामाजिक दुरी कायम गर्दै आफ्नो कार्यक्षेत्रलाई पूर्णरुपमा स्यानिटाइज (निर्मलीकरण) गरी मास्क, पन्जालगायतका स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गरी अत्यावश्यक सवारी साधनहरु मर्मत गरिरहेको उज्यालोलाई जानकारी दिनुभयो । सङ्घका अध्यक्ष न्यौपानेले अब सबै गाडीलाई यसरी नै मर्मत गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया