जोर-बिजोर प्रणाली पालना नगर्ने चार सयभन्दा धेरै गाडी होल्ड

 भदौ २५, २०७७ बिहीबार १२:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली पालना नगर्ने चार सयभन्दा धेरै गाडीलाई प्रहरीले ‘होल्ड’ गरेको छ ।

बिहानैदेखि अहिलेसम्म जोर-बिजोर पालना नगर्ने चार सय ३६ वटा गाडीलाई ‘होल्ड’ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नियम पालना नगर्नेमा सबैभन्दा धेरै दुई पाङ्ग्रे गाडी छन् । ३ सय ४५ वटा दुई पाङ्ग्रे र ९१ वटा चार पाङ्ग्रे गाडी ‘होल्ड’ भएका छन् ।

‘होल्ड’ भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आजदेखि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणालीमा गाडी चलिरहेका छन् । आज बिजोर गते भएकाले आज बिजोर नम्बरका गाडी मात्रै चल्न पाउने छन्

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया