'काेराेना खाेप विश्वभर पुर्‍याउन ८ हजार ठूला जहाज चाहिन्छ'

 भदौ २५, २०७७ बिहिबार १६:३६:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एअरलाइन्स उद्योगका अनुसार विश्वभर कोरोना भाइरस खोप ढुवानी गर्न सबैभन्दा ठूलो यातायात चुनौती हुनेछ ।

अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट एसोसिएशन ‘आईएटीए’ का अनुसार विश्वव्यापी रूपमा डोज वितरण गर्न आठ हजार जम्बो जेट (ठूला विमान) को आवश्यकता पर्नेछ ।

अहिलेसम्म कोभिड–१९ को भ्याक्सिन छैन तर आईएटीएले अहिले देखि नै एअरलाइन्स, एअरपोर्ट, स्वास्थ्यसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरु साथै औषधि निमार्ण कम्पनीहरुसँगको सहकार्यमा ग्लोबल एअरलिफ्ट योजनामा काम थालिसकेको छ । 

यो वितरण कार्यक्रम प्रति व्यक्ति एक डोज मान्यतामा आधारित छ। 

‘सुरक्षित रूपमा कोभिड–१९ भ्याक्सिन गन्तव्यसम्म पुर्‍याउनु भनेको विश्वव्यापी एअर कार्गो उद्योगको लागि शताब्दीको लक्ष्य हुनेछ । तर सावधानीपूर्ण रुपले गरिएको पूर्वयोजना विना यो सफल हुने छैन र अहिलेको समय त्यही योजनाको हो’, आईएटीएका प्रमुख कार्यकारी अलेक्जान्ड्रे डी जुनियकले भने ।

जबकि एअरलाइन्सहरूले यात्री उडानमा गम्भीर कमीको समयमा कार्गो वितरण गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गरिरहे छन् भने जलमार्गद्वारा खाेप गन्तव्यसम्म पुर्‍याउनु भनेको झनै जटिल विषय हो।

सबै विमानहरू खोप डेलिभरी गर्न उपयुक्त छैनन् किनकि औषधि ढुवानीको लागि २ देखि ८ डिग्री सेल्सियसबीचको तापमान हुन जरुरी छ । केही खाेपहरूलाई शून्य डिग्री सेल्सियस वा कम तापमान पनि आवश्यक पर्दछ, जसले थप विमानहरू कटैतीमा पर्न सक्छन् ।

‘हामीलाई प्रक्रियाहरू राम्ररी थाहा छ । आवश्यक पर्ने परिमाणअनुसार विमानलाई अनुकुल बनाउनु पर्दछ‘, आईएटीएका कार्गो प्रमुख ग्लिन ह्युग्सले भने।

'दक्षिण पूर्व एसियाका केही क्षेत्रलगायत विश्वका केही भागहरूमा उडानहरू महत्त्वपूर्ण हुनेछन् किनकि उनीहरूसँग खोप उत्पादन क्षमताको अभाव छ', उनले थपे ।

सैन्य सटिकता

कार्गो क्षमताको अभाव, क्षेत्रको आकार र सीमा जटिलतालाई ध्यानमा राख्दै आईएटीएका अनुसार अहिले अफ्रिकाभर खोप वितरण गर्न ‘असम्भव’ हुनेछ।

यातायातको लागि ‘लगभग सैन्य सटिकता’ को आवश्यक्ता पर्ने र खोप भण्डारणका लागि आवश्यक पर्ने चिसा स्थानको आवश्यकता हुनेछ ।

झण्डै एक सय ४० खोपहरू प्रारम्भिक विकासमा क्रममा छन् र झण्डै दुई दर्जन क्लिनिकल परीक्षणका क्रममा मानिसहरुमा परीक्षण भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले विकसित गरिरहेको खाेप परीक्षणको उन्नत चरणमा छ ।  

आईएटीएले सरकारहरुलाई अहिल्यै सावधानीपूर्वक योजना बनाइ तयारी अवस्थामा रहन आग्रह गरेको छ । 

नियन्त्रित तापक्रममा गरिने ढुवानीको सुनिश्चितताका साथसाथै सुरक्षा अर्को चुनौतीको विषय हो ।  

आईएटीएका अनुसार ‘खोप अत्यधिक मूल्यवान् वस्तुहरू हुनेछन् । ढुवानीमा हुन सक्ने छेडछाड र चोरीबाट सुरक्षित रहन सुनिश्चित व्यवस्था हुनु आवश्यक छ’ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया