स्वास्थ्य सुरक्षा मापदण्ड र निर्णय नमान्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

 भदौ २६, २०७७ शुक्रबार ७:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीकाे प्रक्रियालाई तीव्र बनाउने छ । 

निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने भएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही नगरी नहुने अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले हिजोमात्रै जोरबिजोर नमान्ने एक हजारभन्दा धेरै गाडीलाई कारबाही गरिएको बताउनुभयो । 

यस्तै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भए/नभएको बारे अनुगमन भइरहेको भन्दै सरकारी निर्णयलाई अक्षरस पालना गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया