पाटन अस्पतालमा एक जना कोरोना सङ्क्रमितको ज्यान गयाे

 भदौ २६, २०७७ शुक्रबार ११:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको पाटन अस्पतालमा काठमाण्डौका कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।

गएको बुधबारदेखि उपचार गराइरहेका काठमाण्डौका ६३ वर्षका पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ । अहिलेसम्म ८ लाख १० हजारको कोरोना परीक्षण हुँदा ५० हजार ४ सय ६५ जनामा कोरोना पुष्टि भएको छ । 

जसमध्ये ३५ हजार ७ सय निको भएका र १४ हजार ४ सय ४८ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार ८ सय ६ जना भने क्वरेण्टीनमा बसेका छन् ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया