मेलम्चीको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले कोरोना भाइरसको महामारीका कारण बाल मृत्युदरको अवस्था पुरानै भयावह अवस्थामा फर्कन सक्ने चेतावनी दिएको छ ।
बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको ज्यान गएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको युनिसेफको भनाइ छ ।
बालबालिका उपचारबाट बञ्चित हुने तथा कोरोना सङ्क्रमणको सिकार भइन्छ कि भन्ने डरले महिलाहरू सुत्केरी हुन अस्पताल जान डराउँदा समस्या झनै बढेको छ ।
नेपालमा लकडाउनअघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने चिन्ता थपिएको छ ।
युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्त्रीरोग तथा सुत्केरीपछिको स्वास्थ्यहरूमा लगभग ७५ प्रतिशतले कमी आएको छ ।
गएको मे महिनामा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले गरेको प्रारम्भिक प्रक्षेपणले कोरोनाका कारण अस्पतालको सेवा बन्द हुँदा दैनिक ६ हजार बालबालिकाको ज्यान गइरहेको देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।