काठमाण्डाै उपत्यकामा २४ घण्टामा ६९६ सङ्क्रमित थपिए

 भदौ २६, २०७७ शुक्रबार १६:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा मात्रै ६ सय ९६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डाैका ६ सय २०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । शुक्रबार थपिएकासँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार सात सय आठ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा देशैभर एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया