‘कोरोना केही पनि हाेइन भन्ने भ्रममा नपराैँ'

 भदौ २६, २०७७ शुक्रबार २०:२२:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण केही पनि होइन भनेर नबुझ्न आग्रह गरेको छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमणको जोखिम दिनानुदिन बढिरहेको अवस्थामा केही पनि होइन भन्ने खालका भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

'कोभिड–१९ केही पनि होइन भन्ने खालका भ्रम सिर्जना गर्ने, गलत तर्क जम्मा गर्ने र समाजलाई जोखिमतिर उन्मुख गराउने खालका व्यक्तिले यस रोगको रोकथाम र नियन्त्रणमा चुनौती खडा हुन जान्छ, उहाँले भन्नुभयो , 'यस्तो खालका भनाइमा चनाखो भइ दिन हुन र आफ्नो टोल, छिमेकलाई सङ्क्रमणमुक्त बनाउने अभियानमा लाग्न अनुरोध छ ।'

शुक्रबार काठमाण्डाै उपत्यकामा ६ सय ९६ जनासहित देशभरि एक हजार चार सय ५४ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । उहाँले कोभिड–१९ रोगका नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्डविरुद्ध नकारात्मक टिप्पणी तथा अभिव्यक्तिसमेत कसैले पनि नदिन र सञ्चारमाध्यमले पनि त्यस किसिमका भ्रम प्रचार प्रसार नगर्न अनुरोध गर्नुभयो ।

प्रवक्ता गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्वास्थ्यकर्मी अहोरात्र खटिरहेकोले सबैलाई जनस्वास्थ्यका न्यूनतम मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • हेम गुरुङ्ग

    Sept. 13, 2020, 11:25 a.m.

    स्वस्थ मान्छेको लागि अलि ठुलो खालको सर्दी जस्तो हो ,मलाई पनि लागेको थियो 3,4 दिन ज्वरो आयो,खाना अरुचि भयो ,कागती मनतातो पानिमा खुब पिइयो ठिक भयो यसको रोकथाम गर्न लाई १० दिन कर्फ्यु लाउनु पर्छ, एक जना बाहिर निस्कन दिन हुन्न ।म दुबईमा छु ,बच्नका लागि बाहिर ननिस्केको तर ग्रोसरि त जानै पर्ने यसकारण लाग्यो।यसको गलत प्रचार भईरहेको छ।यो भाइरस लागेको लाई हेय को ब्यवहार नगरि प्रोत्साहन को जरुरी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया