तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गयाे

 भदौ २७, २०७७ शनिबार ७:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको तीनकुनेमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

प्रदेश ३-०१००३ क ४५६३ नम्बर टिप्परको ठक्करबाट बा २९ प १४७९ नम्बरको मोटरसाइकलका चालक भक्तपुरका ५५ वर्षका अनिल गौतमको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गौतमलाई गएराति पौने १० बजे टिप्परले ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा सिभिल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया