आज पनि देशका केही ठाउँमा पानी पर्ने

 भदौ २७, २०७७ शनिबार ७:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ । 

आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ । यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया