आज विश्व प्राथमिक उपचार दिवस : महामारीका बेला प्राथमिक उपचार महत्त्वपूर्ण

 भदौ २७, २०७७ शनिबार ८:३४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व प्राथमिक उपचार दिवस । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने मुख्य नाराका साथ दिवस मनाइँदैछ । 

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचारमा खटिने स्वयंसेवकहरूलाई सम्मान गरी हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

जीवन बचाउन, बिरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचार महत्त्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 

यस वर्ष विश्वव्यापी महामारी कोभिड-१९ का कारण विगत वर्षहरूमा जस्तो कार्यक्रम आयोजना नभएको तर सुरक्षा सावधानी अपनाएर प्राथमिक उपचार ज्ञान र सीप केन्द्रीत भर्चुअल कार्यक्रम, कृत्रिम अभ्यास, आकस्मिक प्राथमिक उपचार जस्ता कार्यक्रम आयोजना गरिरहेको पनि सोसाइटीले जनाएको छ । 

महामारीका बेला स्वास्थ्य संस्थामा अत्याधिक चाप हुने, डाक्टर तथा स्वास्थ्यकर्मीको उपलब्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक पर्नेहरु जोखिममा पर्ने भएकाले प्राथमिक उपचार महत्त्वपूर्ण हुने नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताउनुभयो । 

साथै रेडक्रस अन्तर्गत नेपालमा १२ सय प्रशिक्षक र तीस हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू सेवामा खटिएका उल्लेख छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया