पाँच उद्योगकाे ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटियो

बिक्री रोक्न औषधि व्यवस्था विभागको निर्देशन

 भदौ २७, २०७७ शनिबार ९:३९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ।

विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ । अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन मिसाइएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाण्डौका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ । 

भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाण्डौका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

 तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।


 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया