चर्च ब्वाइजलाई हराउँदै पुलिस 'पोखरा गोल्डकप' को फाइनलमा
माघ ३०, २०८१ बुधबार
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने र विद्युत् गृहको काम सकिएको छ ।
शिवश्री हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाको चार हजार ५ सय मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको हो । जुगल गाउँपालिका ३ पाङरपु र लिदी नजिक निर्माण गरिएको बाँधको काम पनि ८५ प्रतिशत सकिएको छ । त्यस्तै वडा नम्बर २ को बैकुण्ठेमा आयोजनाको विद्युत् गृह रहेको छ ।
प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केहीपछि धकेलिएको आयोजनाबाट आउँदाे माघसम्म विद्युत उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो ।
२२ किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भएको छ । शुरुमा ६ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर अहिले ७ अर्ब पुगेको कसजुले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।