अफगानिस्तान र विद्रोही समूह तालिवानबीच शान्ति वार्ता सुरु

 भदौ २७, २०७७ शनिबार १४:२३:५ | एजेन्सी
unn.prixa.net

अफगानिस्तान र विद्राेही समूह तालिवानबीच शान्ति वार्ता सुरु भएको छ । कतारमा अफगानिस्तान र तालिवानबीच औपचारिक रुपमा शान्ति वार्ता सुरु भएको हो ।

वर्षौदेखिको युद्ध अन्त्यका लागि सुरु भएको वार्ताले शान्ति स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । वार्ताको मध्यस्थताका लागि कतार पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो वार्तालाई ऐ​तिहासिक बताउनु भएको छ ।

उहाँले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताउनुभएको छ । अमेरिका तालिवान सुरक्षा सम्झौता अनुसार शान्ति वार्ता सुरु भएको हो । गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाबीच कतारको राजधानी दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ता सुरु भएको हो ।

यस अघि मार्च महिनामा गर्ने भनिएको वार्ता विवादास्पद कैदीको रिहाईमा भएको ढिलाईका कारण पछि सरेको थियाे । वार्ता सफल भएमा अफगानिस्तानमा चार दशकदेखि भइरहेको हिंसा अन्त्य हुनेछ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया