चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो

 भदौ २७, २०७७ शनिबार १७:२६:२ | रासस
unn.prixa.net

चितवनमा करेन्ट लागेर दुई सैनिकको ज्यान गएको छ । कालिका नगरपालिका–८ शक्तिखोरको सिंहनाथ गणका दुईजना सैनिकको करेन्ट लागेर बिहान ज्यान गएको हो ।

गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया