जोर-बिजोर प्रणाली पालना नगर्ने २६ वटा गाडी होल्ड

 भदौ २८, २०७७ आइतबार ७:५१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जोर-बिजोर पालना नगर्ने २६ वटा गाडी एकाबिहानै होल्ड भएका छन् ।

जोर-बिजोर नियम पालना नगर्ने ४ वटा चारपाङ्ग्रे र २२ वटा दुई पाङ्ग्रे गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

होल्ड भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आज जोर गते भएकाले जोर नम्बरको गाडी मात्रै चलाउन पाइन्छ । हिजो दिनभर भने ७ सय ७४ गाडी होल्ड भएकामा ५ सय ९५ दुई पाङ्ग्रे रहेका थिए ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया