पहिरोका कारण सोलु-ओखलढुङ्गा सडकखण्ड अवरुद्ध

 भदौ २८, २०७७ आइतबार ८:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पहिरोका कारण सोलु-ओखलढुङ्गा सडकखण्ड अवरुद्ध भएको छ । 

सोलुखुम्बुको सोलु-दूधकुण्ड नगरपालिका साल्मेमा गएराति पहिरो खसेकाले यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । 

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ डाक्लाङ र बाह्रबिसे नगरपालिका-९ जुरेमा  भने एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका छन् । 

यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलिरहेका प्रहरीले जनाएको छ । पहिरोका कारण अवरुद्ध मनाङ-बेशीसहर सडकखण्ड पनि अझै बन्द छ । 

मर्स्याङ्दी गाउँपालिका-४ घोप्टेभीरमा पहिरो गएकाले यो सडकखण्ड लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । यस्तै साँफे-मार्तडी सडकखण्ड पनि लामो समयदेखि बन्द छ । ठाउँ-ठाउँमा पहिरो गएको र बेलिब्रिज बगाएकाले यो सडकखण्ड सञ्चालनमा समस्या भएको सडक विभागले जनाएको छ


 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया