अमेरिकामा डढेलो तीव्र गतिमा फैलिँदै, नियन्त्रण गर्न नसकेकामा ट्रम्प प्रशासनको आलोचना

 भदौ ३०, २०७७ मंगलबार ८:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।

अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको छ ।

यसैबीच डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको छ । डढेलो नियन्त्रण गर्न ट्रम्प प्रशासनले ध्यान नदिएको र ठूलो क्षति बेहोर्दा पनि अञ्जान जस्तो गरेको भन्दै ट्रम्पको आलोचना भएको हो । 

डढेलोप्रति ट्रम्पको बेवास्ताको असर आउँदो नोभेम्बरमा हुने चुनावमा देखिने आँकलन गरिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया