खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गाडीमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया सुरु भएको जनाउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट आज ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए यस प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताउनुभएको हो ।
नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि गाडीमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न सुरु गरिएकामा प्रज्ञा-प्रतिष्ठानकातर्फबाट यसअघि कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी गाडीमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।
मन्त्री नेम्वाङ्लाई आज प्रतिष्ठानकातर्फबाट सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले भेटी कार्यान्वयनका लागि ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । यस अवसरमा ध्यानाकर्षण गराउनु हुँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं प्लेट राख्ने निर्णय हुनु उचित नभएको व्यहोरा जानकारी गराउनुभएको थियो ।
सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रुपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताउनुभयो । उहाँले वर्तमान सरकार नेपालको पहिचानका रूपमा रहेका भाषा, संस्कृति र साहित्यको संरक्षणका सवालमा अत्यन्त गम्भीर रहेको समेत उल्लेख गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।