हुम्लाको सर्केगाडमा पहिचान हुन नसकेको रोगका बिरामी बढ्दै

 भदौ ३१, २०७७ बुधबार ११:३८:३ | रासस
unn.prixa.net

हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानीमा पहिचान हुन नसकेको रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण सहित १५/२० जना बिरामी परेका छन् । गाउँमा दिनहुँ बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो ।

बिरामी बढ्दै गएका तर उपचारका लागि आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको अभाव भएपछि थप समस्या भएको कार्कीको गुनासो छ । अघिल्लो हप्ता जिल्ला अस्पताल सिमिकोट पुर्याएका एक जनाको भने ज्यान गएको छ ।

स्थानीयबासीले औषधी र स्वास्थ्यकर्मीको टोली खटाउन माग गरेका छन् । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको स्वास्थ्य संयोजक सन्तोष धामीले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए/नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया