‘लेखक तथा साहित्यकारलाई अब परिचयपत्र’
बैशाख ६, २०७८ सोमबार
सोलुखुम्बु - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ मा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।
भालुको आक्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ-३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
यस्तै, घाइते भएका कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ, महाकुलुङ गाउँपालिका वडा नम्बर ४ का वर्ष १९ का प्रेम कुलुङ, त्यही वडाका वर्ष २५ का सुजन कुलुङ, र वर्ष १९ का सन्तबहादुर कुलुङको उद्धार गरिएको छ ।
उनीहरुको स्वास्थ्य चौकी छेस्काममा उपचार हुन नसकेपछि थप उपचारको लागि बुङ स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल रेडियो सोलुमा पनि कार्यरत हुनुहुन्छ ।