दुई वर्षपछि ‘मनमर्जियाँ’ मार्फत फर्किए अभिषेक, यस्तो बन्यो ट्रेलर

 साउन २४, २०७५ बिहिबार १५:३२:१४ | एजेन्सी
unn.prixa.net

अभिनेता अभिषेक बच्चनको कमब्याक फिल्म ‘मनमर्जियाँ’ को ट्रेलर सार्वजनिक भएको छ । 

फिल्ममा अभिनेता विक्की कौशल र तापसी पन्नूबीच बेजोड केमिस्ट्री देखाइएको छ । 

अभिषेक बच्चन २ वर्षपछि फिल्ममा फर्किएका छन । तसर्थ उनका लागि यो फिल्म विशेष रहेको छ । अभिषेक यसअघि अक्षय कुमारका साथ फिल्म ‘हाउसफुल ३’ देखिएका थिए । 

फिल्मको ट्रेलर हेर्दा फिल्ममा त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । विक्की कौशल र तापसी पन्नुबीचको प्रेम सम्बन्ध भए पनि तापसीको विवाह अभिषेकका साथ भएको देखाइएको छ । ट्रेलरको सुरुवातमा विक्कीका साथ रोमान्स गर्दै देखिएको तापसी ट्रेलरको अन्त्यमा भने अभिषेकका साथ नवविवाहितको रुपमा देखिएकी छिन् ।  

निर्देशन अनुराग कश्यपको निर्देशन तथा आनन्द एल रायको निर्माण बनेको फिल्म ‘मनमर्जियाँ’ सेप्टेम्बर १४, २०१८ मा प्रदर्शन हुनेछ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया