अमेरिकामा कोरोना परीक्षणको निर्णय उल्टियो, सङ्क्रमितको सम्पर्कमा पुगेका सबैले परीक्षण गराउनुपर्ने

 असोज ३, २०७७ शनिबार १७:६:१४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा पुगेका तर लक्षण नभएका व्यक्तिले पनि कोरोना परीक्षण गराउनुपर्ने भएको छ ।

स्वास्थ्य अधिकारीहरूले लक्षण नभएका व्यक्तिले परीक्षण गर्न आवश्यक नभएको भन्दै गएकाे महिना दिएको विवादित सुझाव फिर्ता लिएपछि कोरोना सङ्क्रमितका सम्पर्कमा रहेका सबैले परीक्षण गर्नुपर्ने भएको हो ।

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीका अनुसार अब पत्ता लागेका सङ्क्रमितको सम्पर्कमा आएका सबै व्यक्तिले परीक्षण गराउनुपर्नेछ । अगस्टमा वैज्ञानिकको सुझाव बिना नै स्वास्थ्य अधिकारीले सम्पर्कमा पुगेका सबैले परीक्षण गर्नु नपर्ने सुझाव दिएका थिए ।

धेरैजसो अमेरिकी राज्यहरूले त्यतिबेला नै निर्देशिकालाई अस्वीकार गरेका थिए । यो निर्णयलाई केही जानकारहरूले कोरोनाको बढ्दो क्रम घटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको साेचको प्रतिबिम्ब भएको हुनसक्ने पनि बताएका थिए ।

निर्णय उल्टिएपछि समाचारसंस्था रोएटर्सले देशको प्रमुख रोग नियन्त्रण निकायको ‘मौन बस्न बाध्य पारिदिने झापड’ भनेर लेखेको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया