‘हिम चितुवा’ शेर्पाकाे निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

 असोज ५, २०७७ सोमबार १७:१४:५५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले  आज अपराह्न ट्वीट गर्दै शेर्पाका परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

'विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङरिता शेर्पा​को निधनले अत्यन्त दुखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति श्रद्धासुमन अपर्ण गर्दै उहाँकाे परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदा स्मरणीय रहनेछ', प्रधानमन्त्री ओलीले ट्वीटरमा लेख्नुभएको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पनि शेर्पाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हिमचितुवा’शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पणका साथै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हाे ।

  

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया