दाङमा सामुदायिक वन अतिक्रमण गरी बनाइएका दुई सय टहरा भत्काइयो

 असोज ५, २०७७ सोमबार २०:२६:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – राप्ती गाउँपालिका ४ काे शान्ति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएको नयाँ टहरा भत्काइएको छ । डिभिजन वन कार्यालय देउखुरी, सब डिभिजन वन कार्यालय राप्तीको वन कर्मचारीहरुले झण्डै दुई सय व्यक्तिले अतिक्रमण गरी २५ वटा प्लटमा बनाएकाे टहरा हटाएका हुन् ।  

‘याे भर्खर मात्रै अतिक्रमण गरिएको क्षेत्र रहेछ । हामीलाई खबर भएपछि टोली पुग्यो र अतिक्रमण क्षेत्रका टहरा हटाइयो’, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबावु यादवले भन्नुभयो, ‘जग्गाको पुर्जा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेको पाइयो ।’

सहायक वन अधिकृत यादव र टंकबहादुर गुरुङकाे नेतृत्वमा वन कर्मचारीसहित सुरक्षाकर्मी परिचालन भएका थिए । अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया