दुर्लभ एकसिङे गैँडा संरक्षणमा चुनौती

 असोज ६, २०७७ मंगलबार १५:३१:४४ | रासस
unn.prixa.net

चितवन – दुर्लभ एकसिङे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको बताउनुहुन्छ । निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको उहाँले बताउनुभयो । मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार  हरेक १०/१० वर्षमा चोरी सिकारी बढ्ने गरेको छ । उहाँका अनुसार सन् १९७० देखि ८० को दसशकमा चोरी सिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी सिकार बढी भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी ८० को दशकमा चोरी सिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै उहाँले सन् २०२० को दशक चोरी सिकारी बढ्न सक्नेतर्फ सचेत गराउनुभयो । सरकारी निकाय सुस्ताउँदा तस्कर सक्रिय हुने गरेको उहाँको भनाइ छ ।

झण्डै चार वर्षपछि गएकाे भदौ २३ गते तस्करले गैँडा मारेकाे थियो । यसपछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ । गैँडा मारेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना वा दुवै हुने व्यवस्था छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया