घर फर्कने श्रमिकसँग तोकिएभन्दा बढी भाडा लिनेलाई कारबाही गर्न माग

 असोज १३, २०७७ मंगलबार १५:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले घर फर्कने श्रमिकसँग तोकिएकोभन्दा बढी भाडा लिने ट्राभल एजेन्सी वा एअरलाइन्स कम्पनीलाई कारबाही गर्न माग गरेको छ ।

श्रमिकले महंगो भाडा तिर्न परेको गुनासो चौतर्फी आउँदा पनि त्यसमा ध्यान नदिएको भन्दै संघले दूतावाससँग महंगो भाडा लिनेलाई कारबाही गर्न माग गरेको हो । परदेशबाट फर्कने श्रमिकको सङ्ख्या धेरै भएकाले दूतावाससँग विवरण मागी उडान थप्न र भाडा पनि सस्तो गराउनुपर्ने संघको माग रहेको छ ।

कोरोना महामारीका कारण महिनौंसम्म उडानहरु प्रभावित हुँदा श्रमिकहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम् कामदारले हवाई टिकट सहज रुपले नपाउँदा ओभरस्टेमा परेको अवस्था छ ।

त्यसैले श्रमिकलाई बर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनु पर्ने, साथै कतिपय श्रमिकहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी बिमानस्थलबाटै फर्किएको अवस्था भएकाले यस्तो समस्या समाधान गर्न सरकारले कदम चाल्नु पर्ने संघको भनाइ छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया