राजनीतिमा भारतीय फिल्मस्टार कमल हसन, मोदीसँग प्रतिस्पर्धा गर्ने

 साउन २५, २०७५ शुक्रबार १०:३५:५ | एजेन्सी
unn.prixa.net

भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारीमा छन् ।

झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका छन् । उनलाई भारतको फिल्म क्षेत्रमा सम्मान दिइन्छ ।

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ वर्षीय हसनले केही समय अघि आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । उनले यो पार्टीमार्फत कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएको बताएका छन् ।

‘बक्स अफिस’मा लोकप्रियता हासिल गरेका कलाकारहरुले त्यो लोकप्रियतालाई मतपेटिकामा रुपान्तरण गर्ने अपेक्षा गरिएको छ ।

हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गएको फेब्रुअरीमा नै गठन गरेका थिए ।  तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ ।

यो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ । सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गर्ने भएका छन् ।

हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको पनि बताएका छन् ।

हसनले भारतका तमिल, तेलुगु, मालायालाम र हिन्दी भाषाका धेरै फिल्महरुमा काम गरेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया