कर्मचारीमा कोरोना पुष्टि भएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति बन्द

 असोज १४, २०७७ बुधबार ११:१:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम बन्द भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । 

कर्मचारीमा कोरोना देखिएकाले अनिश्चितकालका लागि श्रम स्वीकृतिसहित सबै सेवा बन्द भएको हो । सरकारले भदौं महिनादेखि श्रम स्वीकृति खुलाएको थियो भने पुनः श्रम स्वीकृति सेवा गएको असार १८ गतेदेखि नै दिन थालिएको थियो ।

कार्यालय खुल्ला रहे पनि सेवा भने प्रवाह नहुँने कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया