‘वीरे दी वेडीङ्ग’ हिट भएसँगै करीनाले बढाइन् आफ्नो पारिश्रमिक

 साउन २५, २०७५ शुक्रबार १२:२१:४५ | एजेन्सी
unn.prixa.net

करीना कपूर खानले लामो समयको विश्राम पछि फिल्म ‘वीरे दी वेडीङ्ग’ मार्फत बलिउडमा कमब्याक गरेकी थिइन् । यस फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्म हिट भएसँगै करीना कपूरको हातमा एक पछि अर्को गर्दै फिल्महरु आइरहेका छन् । अहिले उनलाई तीन वटा फिल्मका लागि अफर आएको छ । यही कारण करीनाले उनको पारिश्रमिक बढाएकी छिन् ।

करीनाले अहिले २ वटा फिल्ममा काम गर्ने बताइसकेकी छिन् भने तेस्रो फिल्मका लागि कुराकानी अगाडी बढीरहेको छ । करीनाले साइन गरिसकेका फिल्म मध्ये पहिलो अक्षय कुमारको समेत अभिनय रहने फिल्म ‘गुड न्यूज’ हो भने दोस्रो फिल्म तख्त’ हो । दुईवटै फिल्मका निर्माता करण जोहर हुन् । फिल्म ‘तख्त’ मा करीना कपूरका साथै रणविर सिंह, आलिया भट्ट, विक्की कौशल, जान्हवी कपूर र अनिल कपूरसमेत रहनेछन् ।

भारतीय मिडियाका अनुसार करीना कपूर खानले फिल्म ‘वीरे दी वेडीङ्ग’का लागि ७ करोड रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । अहिले करीनाले आफ्नो पारिश्रमिक १० करोड रुपैयाँ भएको बनाएकी छिन् ।
 
सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘लाइफ इन अ मेट्रो’को सिक्वेलमा करीना र अर्जुनको जोडी हुनेछ । करीना र अर्जुन सन् २०१६ मा प्रदर्शित फिल्म ‘की एण्ड का’ मा एकसाथ अभिनय गरेका थिए । निर्देशक आर वाल्किको निर्देशनमा बनेको फिल्म ‘लाइफ इन अ मेट्रो’ को सिक्वेलको निर्देशन अनुराग बासुले गर्नेछन् । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया