मुख्य सचिवमा वैरागी, पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूतमा सिफारिस

 असोज १५, २०७७ बिहिबार १२:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । 

यस्तै सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको छ । यस्तै आज मात्रै मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरिएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सरकारले कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया