माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर राखिएकाे छ ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलिमा पुनर्निर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा झण्डै २८ तोला सुनको जलप लगाइएको बताउनुभयो । मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५ दशमलव ७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा झण्डै ३३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।
२०७२ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ ।
प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्ने गरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताउनुभयो । अब मन्दिर भित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।