पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना सङ्क्रमण

 असोज १५, २०७७ बिहिबार १६:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

ज्ञवाली अहिले हाेम आइसोलेशनमा बस्नुभएको छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि ज्ञवालीले बताउनुभएको छ । 

अन्तिम अपडेट: असोज १८, २०७७

तपाईको प्रतिक्रिया