यस्तो बन्यो ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर

 साउन २५, २०७५ शुक्रबार १५:३१:३ | एजेन्सी
unn.prixa.net

अभिनेता शाहिद कपूर, श्रद्धा कपूर र यामी गौतम अभिनित फिल्म ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर सार्वजनिक भएको छ । 

यो फिल्म बिजुलीको बिलको समस्यामा आधारित छ । अक्षय कुमारको फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ का निर्देशक श्रीनारायण सिंहले यस फिल्मको निर्देशन गरेका हुन । 

यस फिल्मको छायाँकंन भारतको उत्तराखण्डमा गरिएको हो । शाहिद कपूर र श्रद्धा कपूरको जोडी दोस्रो पटक दर्शकमाझ आइरहेको छ । यसअघि फिल्म ‘हैदर’ मा यो जोडी देखिएका थिए । अर्की अभिनेत्री यामी गौतम पहिलो पल्ट यी दुवैको साथमा काम गरेकी छिन् । 

फिल्ममा यामी गौतमको अतिथि भूमिका रहेका बताइएको छ । सोसल ड्रामामा आधारित यो फिल्म मार्फत बिजुलीको कटौतीपछि पनि बढ्दो बिलको मुद्दालाई उठाइनेछ ।

बिजुलीको बिलको लडाईँ घरदेखि सुरु भएर अदालतसम्म जान्छ र अभिनेता शाहिद कपूर त्यस मुद्दाको वकालतमा उत्रिएका छन् ।  उनको विपक्षमा अभिनेत्री यामी गौतम वकालत गरिरहेकी देखिन्छिन । यो फिल्म सन् २०१८ को सेप्टेम्बर २१ मा प्रदर्शन हुनेछ । 


 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया