काेराेना सङ्क्रमण राेक्न सरकार पूरै उदासीन भयाे : कांग्रेस

 असोज १९, २०७७ सोमबार १५:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको खतराप्रति सरकार पूरै उदासीन बनेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विज्ञप्ति निकालेर आइसोलेशनमा बस्ने ठाउँ नभएका सङ्क्रमितलाई समेत केही दिनमा सम्पर्क गर्नु भन्दै पन्छाएर खतरा बढाइरहेको बताउनुभएको छ ।

विज्ञप्तिमा सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था गर्न नसकेको, लक्षण देखिएकाको सहज उपचार नभएको लगायत समस्या देखिएको भन्दै सरकारलाई सङ्क्रमण रोक्न जिम्मेवार बन्न आग्रह गरिएको छ ।

कांग्रेसले कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन, मापदण्डअनुसार बस्ने व्यवस्था नभएका सङ्क्रमितलाई राख्न सरकारले आइसोलेशनको तत्काल व्यवस्था मिलाउनु र्ने र लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • gagan thapa pande

    Oct. 5, 2020, 4:07 p.m.

    नेपाली कांग्रेसले ढुकुटीवाट सेवा गर्दा पनि हुन्छ , जे गरेपनि सरकारको मुख ताक्ने बानी नराम्रो हाम्रो पार्टीको /

  •  0 Reply

तपाईको प्रतिक्रिया