युक्रेन कुनै दिन रुसी भाग हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको ...
माघ ३०, २०८१ बुधबार
खोटाङ – खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम ६७ प्रतिशत मात्रै पूरा भएको छ । १८ महिनाभित्र दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यसहित २०७५ सालको चैत १४ गतेदेखि सुरु गरिएको योजनाको काम अझै ३३ प्रतिशत बाँकी रहेको छ ।
२०७७ सालको असोज ११ गतेसम्ममा पूरा गर्ने गरी २०७५ सालको चैत १३ गते सम्झौता गरेको निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालीले आयोजनाको काम अहिलेसम्म ६७ प्रतिशत मात्रै पूरा गरेको हो ।
सम्झौता म्यादभित्र आयोजनाको काम सम्पन्न नभएपछि गएको असोज ११ गतेदेखि पाँच महिनाको म्याद थप गरिएको निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालीका साइड इन्चार्ज शान्त श्रेष्ठको भनाइ छ ।
बढ्दो शहरीकरणका कारण दिक्तेल बजारमा खानेपानीको अभाव हल गर्नका लागि नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २७ करोड २६ लाख ४४ हजार सात सय ९८ रुपैयाँको लागतमा पूरा गर्ने गरी आयोजनाको काम थालिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।