प्रदेश ५ काे प्रदेश सभामा कांग्रेस सांसदले गरे ताेडफाेड

 असोज १९, २०७७ सोमबार १६:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।

सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै नारा पनि लगाएका थिए । कांग्रेस सांसदहरुलाई रोस्ट्रममा जान नदिनका लागि मर्यादापालकहरुलाई हम्मे–हम्मे परेको थियो । 

कांग्रेसको विरोधका बाबजुद प्रदेश सभा बैठकलाई निरन्तरता दिइएको छ । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाउनुभएकाे हाे । 

सोमबार प्रदेश सभा बैठकमा नाम र राजधानीको टुङ्गो लगाउने कार्यसूची छ । कांग्रसले भने सर्वसत्तावाद लाद्न नपाइने र प्रस्तावित राजधानी दाङ फेर्नुपर्ने बताएका छन् । 

यसअघि १२ बजे बाेलाइएकाे बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक केहीबेरका लागि स्थगित गरिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Bishnu Hari Timilsina

    Oct. 5, 2020, 7:09 p.m.

    प्रजातन्त्रीक शासन व्यवस्था मा भोटिङ सिस्टम बाट बहुमत बाट प्राप्त हुने परिणाम लाइ मानेर जाने प्रजातान्त्रिक संस्कार बिरुद्ध जाने र जनता को रकम बाट किनिएका सम्पत्ति नष्ट गर्ने लाइ हदै सम्मको कारबाही हुनुपर्ने होइन र?

  •  0 Reply

तपाईको प्रतिक्रिया