प्रदेश ५ को प्रदेश सभा बैठक भाेलि १२ बजेसम्मका लागि स्थगित

 असोज १९, २०७७ सोमबार १६:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – प्रदेश ५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित भएको हो ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुखले छलफलअघि बढाउनुभएको थियो ।

छलफल चल्दै गर्दा विरोध नरोकिएपछि सोमबारको बैठक स्थगित भएको हो । तोडफोड र नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाउनुभएको थियो । १ बजे सुरु भएको बैठकमा सांसदहरुले विरोध जनाएपछि स्थगित भएको थियो ।

बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भए पनि सहमतिका लागि सांसदहरु तयार नभएपछि दुई घण्टापछि फेरि बैठक बसेको थियो । बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया