माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – विद्यालयहरुले सञ्चालन गरेका अनलाइन कक्षाबाट बालबालिकाको आँखामा गम्भीर समस्या आउन सक्ने दृष्टि विशेषज्ञहरुले चेतावनी दिएका छन् । दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार शाहले स–साना बालबालिकाले समेत लामो समयसम्म डिजिटल स्क्रिनमा हेर्दा आँखामा तत्कालीन र दीर्घकालीन असर देखिने बताउनुभयो ।
अहिले विद्यार्थीहरु अनलाइन कक्षा, अनलाइन होमवर्क, थप टेलिभिजन र अरु प्रयोजनका लागि मोबाइल, ल्यापटप चलाउँदा औसतका आठ घण्टाभन्दा बढी स्क्रिनमा हेर्ने भएकोले यो आँखाका लागि घातक भएको उहाँले बताउनुभयो ।
दृष्टि विशेषज्ञ शाहले लामो समय स्क्रिनमा हेर्दा तत्काल आँखा पोल्ने, बिझाउने, हेर्न कठिन हुने, आँखा सुख्खा हुने जस्ता समस्या देखिने र दीर्घकालीन असरका रुपमा दूर दृष्टि दोषसँगै दृष्टि गुम्नेसम्मको जोखिम रहने बताउनुभयो ।
सरकारले अनलाइन कक्षालाई अनुमति दिएको र कोरोना महामारीका कारण यो बाध्यता समेत भएकोले बालबालिकाको आँखा स्वास्थ्यलाई ध्यान दिएर अनलाइन कक्षा सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।
उहाँले अनलाइन कक्षा सञ्चालन गर्दा एक कक्षाभन्दा मूनिका बालबालिकालाई ३० मिनेटभन्दा कमको एउटा कक्षा, कक्षा एकदेखि आठसम्मका लागि ४५ मिनेट अवधिका दुई वटा कक्षा र कक्षा नौदेखि १२ सम्मका बालबालिकालाई ४५ मिनेट दरका चार वटा कक्षा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।
यस्तै कक्षा १२ भन्दा माथिका बालबालिकालाई ४५ मिनेट दरका बढीमा चार वटा कक्षा सञ्चालन गर्न सकिने दृष्टि विशेषज्ञ शाहले बताउनुभयो । उहाँले अनलाइन कक्षा लिँदा उज्यालो र हावा ओहोर दोहोर हुने कोठामा बस्नुपर्ने, हरेक २० मिनेटमा उठेर २० सेकेण्डसम्म २० मिटर पर हेर्नुपर्ने, प्रशस्त पानी पिउने, आँखाको व्यायाम गर्ने जस्ता काम गर्नुपर्ने बताउनुभयो ।
बजारमा आँखा जोगाउने चस्मा बेच्ने गरेको भए पनि त्यसको प्रभावकारिता पुष्टि भइनसकेकोले सकेसम्म कम समय स्क्रिनमा बिताउनु उत्तम हुने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।